रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना : १६ जना घाइते, १५ को अवस्था गम्भीर

लोकपथ
126
Shares

रोल्पा । रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वबाट जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न तीर्थयात्री बोकेर गएको जीप आज दिउँसो दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थबाङ गाउँपालिका–१ स्थित जलजला सडकखण्डमा जीप भीरबाट करिब ८०० मिटर तल खसेको हो ।

घटनापछि घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अझै खुलेको छैन ।

रोल्पाका प्रहरी निरीक्षक सुनील थापाले दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?