काठमाडौं । सरकारले आम सुकुमबासीलाई आतंकित बनाएको भन्दै अखिल नेपाल सुकुमबासी संघले आपत्ति जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध सो संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनम गरी सुकुमबासीहरुलाई आतंकित बनाउने काम गरेको भन्दै सुकुमबासी बस्ती हटाउने सरकारको कदमप्रति आक्रोश व्यक्त गरेको हो ।
खान र बस्न पाउने आम नागरिकको मौलिक हकको समेत धज्जी उडाउने गरी सरकारले सुकमबासी बस्ती हटाउने काम गरेकाले त्यसको विरोध गर्नुपरेको संघका अध्यक्ष अमर परियारले बताए । उनले सरकारको सो कदमको विरोधमा आफूहरुले देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।
अध्यक्ष परियारले भने, ‘अहिले देशमा एउटा आतंक मच्चिएको छ । सो आतंक अहिले देशव्यापी रुमपा छ । त्यो आतंक यति भयानक र भयभीत छ कि मानिसहरु घरबाट निस्कन डराउनुपर्ने, पत्रकार सम्मेलनमा आउन पनि डराउनुपर्ने विक्षिप्त हुनुपर्ने स्थिति सृजना गरिएको छ । हाम्रो देशको संविधानले भुमिसुधारको हक दिएको छ । सबै नेपालीलाई आवासको हक हुनेछ भन्ने कुरा संविधानमा नै उल्लेख गरिएको छ । यो हकलाई वञ्चित नगरिने पनि भनिएको छ । भूमिहीन दलितलाई एक पटकका लागि आवाससहित भूमिको व्यवस्था गर्ने संविधानमा व्यवस्था गरिएको छ । तर सरकारले संविधान र कानून विपरित उनीहरुको बस्ती नै हटाउने काम गरेर उनीहरुलाई आतंकित बनाउने काम गरिराखेको छ ।’
पत्रकार सम्मेलनमा बस्तीबाट हटाइएका सुकुमबासीहरुलाई सरकारले होल्डिङ सेन्टरमा राखेपनि उचित व्यवस्था नहुँदा उनीहरुले पीडा भोग्नु परेको पनि बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया