काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीका गोदावरी नगरपालिका–११ ओलानी बस्ने ५९ वर्षीय काले कामी रहेका छन् ।
उनलाई जिल्ला अदालत कैलालीबाट उक्त मुद्दामा ७ वर्ष १ महिना १४ दिनको कैद सजाय ठहर भएको थियो भने २०५६ असार ११ गतेदेखि फरार रहेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिका–११ गौडी बजारबाट बुधबार राति पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कैलालीमा पठाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया