काठमाडौं । स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ४५ वर्षीय हिमहरी अर्याल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोलीले उनलाई काठमाडौं महानगरपालिका–११ बाट बुधबार पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारी र तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
उनलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया