वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण बन्द

लोकपथ
49
Shares

काठमाडौं । अविरल वर्षापछि बीपी राजमार्गका विभिन्न सडकखण्डमा क्षति पुगेको छ । क्षतिका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरीका अनुसार गएरातिको भारी वर्षाले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएको छ । यसले राजमार्गमा जोखिम बढाएपछि आज बिहानदेखि सवारी सञ्चालन रोकिएको हो ।

जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा यात्रु तथा सवारी चालकलाई उक्त राजमार्ग प्रयोग नगर्न आग्रह गरिएको छ । साथै, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

हाल सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । मौसममा सुधार आएपछि मात्र सवारी सञ्चालन पुनः सुरु हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?