सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस 

लोकपथ
210
Shares

काठमाडौं । सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई अध्यादेश जारी गर्न सिफारिस गरेको हो । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस भएर आएको बताए । 

सरकारले भने अध्यादेश सिफारिस गरेकोबारे केही बताएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?