पर्सामा भन्सार छलीका २४ वटा भारतीय ‘इलेक्ट्रिक स्कुटर’ प्रहरी नियन्त्रणमा

लोकपथ
63
Shares

पर्सा । यहाँ जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका २४ थान भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले वीरगन्जको सीमावर्ती बजार रक्सौलबाट भन्सार छली गरेर नेपाल भित्र्याएर अनधिकृत रूपमा चलाइरहेका करिब १९ लाख २० हजार मूल्य पर्ने २४ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएर वीरगन्ज भन्सारमा बुझाइएको जानकारी दिए ।

‘यहाँ अनधिकृत रूपमा चलाउँदै आइरहेका भारतीय स्कुटरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ, ‘उनले भने । प्रहरीले गत शनिबार अवैध रूपमा वीरगन्जमा चलाउँदै आएका सात वटा भारतीय स्कुटर नियन्त्रणमा लिएर वीरगन्ज भन्सारमा बुझाएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले गत वैशाख ११ गते २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?