भीष्मराज आङ्देम्बे बन्दै कांग्रेस संसदीय दलको नेता 

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने तयारी गरेको छ । 

संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन गठित उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वको कार्यदलले आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटाएको हो । 

गएको शुक्रबार (वैशाख ११) गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको जनाइएको छ । आङ्देम्बे समानुपातिकतर्फबाट सांसद निर्वाचित भएका हुन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सोमबार बस्ने बैठकमा पार्टी सभापति गगनकुमार थापाले नै आङ्देम्बेको नाम प्रस्ताव गर्ने तयारी गरेको जनाइएको छ । 

यसअघि रसुवाबाट निर्वाचित मोहन आचार्य र आङदेम्बेको नाममा सभापति थापा र उपसभापति शर्माबीच कुरा मिलेको थिएन । तर सोमबारको कार्यसम्पादन बैठकअघि कांग्रेसका शीर्ष नेताहरूबीच भएको छलफलमा आङदेम्बेका नाममा सहमति जुटेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?