काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ ।
सो गाउँपालिकाको लिवाङका ७० वर्षीय केदार बोहोरा र उनका २६ वर्षीय छोरा रामु बोहराको चट्याङ लागेर मृत्यु भएको हो । गोठमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो ।
चट्याङ लागेर थप दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी नरहरि अधिकारीका अनुसार घाइते हुनेमा सोही ठाउँका ५८ वर्षकी बोमी बोहोरा र २४ वर्षीया सृजना न्यौपाने छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया