काठमाडौं । नेपाली कांग्रेसको २ वटा बैठक बस्दैछ ।
कांग्रेसले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समितिको बैठक बोलाएको हो ।
संसदीय दलको नेता चयन गर्न ढिलाइ गरिरहेको कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएर थप छलफल गर्न लागेको हो ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ ।
त्यस्तै दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया