काठमाडौं । केही दिनदेखिको मौसम खराबीका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित देखिएको छ ।
काठमाडौंबाट झापाका लागि उडेका केही प्लेनहरु खराब मौसमका कारण काठमाडौं नै फर्किएका छन् भने केही प्लेनहरु अयन्त्र मोडिए ।
शनिबार झापाका लागि काठमाडौंबाट उडान भरेकी गायिका रचना रिमाल पुनः काठमाडौं फर्किइन् । बुद्ध एयरबाट झापाका लागि उडेको प्लेन काठमाडौं नै फर्किएको सामाजिक सञ्जालमा बताएकी छन् ।
त्यस्तै आज पुनः आफ्नो गृहजिल्ला झापा हिँडेकी उनी सवार प्लेन जनकपुर डाइभर्ट भएको छ ।
उनले मौसमले साथ नदिँदा झापाका लागि हिँडेको आफू जनकपुर पुगेको बताइन् ।
‘कहिलेकहीँ मौसमले साथ दिँदैन। हिजो झापा जाँदै गर्दा मौसम खराबीका कारण उडेको केहि समयपछि प्लेन काठमाडौं फर्कियो । आज बिहान फेरि झापा उडेको प्लेन मौसम खराबीका कारण जनकपुर ल्याण्ड भयो,’ उनले भनेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया