२७ सयले बढ्यो सुनको मूल्य, चाँदीको के भयो ?

लोकपथ
91
Shares

काठमाडौं ।  साताको पहिलो कारोबारका दिन सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले बढेको हो । 

अघिल्लो  दिन  २ लाख ९६ हजार  ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २७ सयले बढेर २ लाख ९९ हजार २ सयमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदी पनि बढेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो ।  शुक्रबार  ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?