मनोहराको सुकुमबासी बस्तीमा डोजर : सुरक्षाकर्मीको बाक्लो उपस्थिति [तस्बिरहरु]

लोकपथ
105
Shares

काठमाडौं । मनोहरास्थित सुकुमबासी बस्तीमा आज सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ ।

अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा बल प्रयोग गरेको हो ।

बस्ती भत्काउनका लागि ठूला डोजर (जेसीबी) हरू तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्नो छाप्रोको छाना र बाँसका संरचनाहरू भत्काउँदै गरेको दृश्यले पीडितहरूको पीडा झल्काउँछ ।

आफ्नो बस्ने बास खोसिएपछि उनीहरू घरायसी सामानहरू कसेर ट्रकमा लोड गरेर सुरक्षित स्थानतर्फ सर्न बाध्य देखिएका छन् ।

सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ र पूर्ण तयारीका साथ सुरक्षाकर्मीहरू त्यहाँ तैनाथ छन् । डोजरको प्रयोग र सुरक्षा निकायको उपस्थिति बाक्लो बनाइँदा सो क्षेत्रमा तनाबको स्थिति सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?