२४ घण्टामा २,४९२ चालक ट्राफिक कारबाहीमा, ५ लाखभन्दा बढी राजस्व संकलन

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४९२ चालक कारबाहीमा परेका छन् ।

कारबाहीबाट राज्यकोषमा ५ लाख ४ हजार राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे० गरी सवारी चलाउने ६८ जना कारबाहीमा परेका छन् । त्यस्तै, नियम विपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने २७५ जनालाई पनि कारबाही गरिएको छ ।

ट्राफिक संकेत उल्लङ्घन गर्ने १४५ जना र तीव्र गतिमा सवारी चलाउने १८३ जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी लेन अनुशासन पालना नगर्ने ९६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७५ जना तथा निर्धारित स्थानमा यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ५९ जना कारबाहीमा परेका छन् ।

अन्य सवारी नियम उल्लङ्घन गर्ने १ हजार ४१३ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?