काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ ।
यसअन्तर्गत शनिबार काठमाडौं महानगरपालिका–११ स्थित थापाथली र वडा नं.९ गैरीगाउँका बस्ती खाली गराइएको छ ।
बस्ती हटाउने क्रममा नेपाल प्रहरी र महानगर प्रहरी बल परिचालन भई स्थानीयलाई सामान व्यवस्थापन र ढुवानीमा सहयोग गरेका थिए ।
हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । ती परिवारलाई प्रारम्भिक रूपमा दशरथ रंगशालामा ल्याई विवरण संकलन गरिएको छ ।
उद्धार गरिएका परिवारका लागि अस्थायी रूपमा काठमाडौंका विभिन्न होटलमा बसोबासको व्यवस्था गरिएको छ ।
साथै, उनीहरूको घरायसी सामग्री दशरथ रंगशाला र कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सत्संग ब्यास नेपाल परिसरमा सुरक्षित रूपमा भण्डारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया