जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

लोकपथ
1.3k
Shares

काभ्रे । जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नमोबुद्ध नगरपालिका–२ बस्ने ६१ वर्षीय केदार आचार्यको डेरीमा जुवातास खेलिरहेको अवस्थामा केदार समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी भकुण्डेबेशीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ४ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?