अहिलेसम्म रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम

लोकपथ
70
Shares

काठमाडौं । थापाथलीस्थित अव्यवस्थित सुकुमबासी बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा स्थानान्तरण गरिएको छ ।

यसैबीच, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ परिवारको तथ्यांक संकलन गरिएको छ । उपत्यका विकास प्राधिकरणले त्यहाँ आएका सुकुमबासीहरूको विवरण संकलन गरिरहेको महानगरले जनाएको छ ।

थापाथली, गैरिगाउँलगायत स्थानबाट विस्थापित व्यक्तिहरू होल्डिङ सेन्टरमा आउने क्रम जारी रहेको छ ।

त्यसैगरी, प्राथमिक स्वास्थ्य सेवाका लागि काठमाडौं महानगरपालिकाले वडा नं. ११ बबरमहल, वडा नं ३१ भीमसेनगोला र वडा नं. ३२ पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू सञ्चालनमा ल्याएको छ । ती केन्द्रमार्फत विस्थापितहरूलाई प्राथमिक उपचार प्रदान गरिँदै आएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?