सिनामंगलको सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु, बस्ती खाली गर्न प्रहरीको ‘माइकिङ’

लोकपथ
49
Shares

काठमाडौं । सरकारले काठमाडौंको सिनामंगलस्थित सुकुमबनासी बस्ती हटाउने अभियानलाई निरन्तरता दिँदै डोजर चलाउन सुरु गरेको छ ।

दिउँसो साढे १ बजेदेखि सो क्षेत्रमा डोजर परिचालन गरी बस्ती हटाउने काम सुरु गरिएको हो ।

यसअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा पनि डोजर चलाएर बस्ती खाली गराइएको थियो । थापाथलीको बस्ती हटाइसकेपछि सरकारले सिनामंगलमा सोही अभियान अघि बढाएको हो ।

स्थानीय प्रशासनको समन्वयमा भइरहेको उक्त कार्यका क्रममा बस्तीमा रहेका संरचनाहरू क्रमशः हटाइँदै लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?