काठमाडौं । आजको बिहानी थापाथलीको सुकुमबासी बस्तीका बासिन्दाका लागि एउटा अभिशप्त बिहानी बनेर आयो । सयौँको संख्यामा तैनाथ सुरक्षाकर्मीहरूका बिच जब डोजरले बस्तीमा प्रवेश गर्यो, तब त्यहाँ बसोबास गर्नेहरूको सानो संसार क्षणभरमै तहसनहस भयो ।
तस्बिरहरूले एउटा हृदयविदारक कथा भनिरहेका छन्ः घरका भित्ता त ढले, तर त्यसभन्दा ठुलो पीडा त्यहाँका बासिन्दाको अनुहारमा छ ।
अघिसम्म ओत लागेका परिवारहरू आफ्ना थोरै भएका सामानहरू बोरामा कोच्दै, बिटो बाँध्दै सडकमा निस्किएको दृश्यले जोसुकैको मन पनि कटक्क खान्छ । कतिपयले ओछ्यानको बिटो, कतिले भाँडाकुँडा त कतिले बच्चाहरूको सानो झोला बोकेर अनिश्चित भविष्यतर्फ पाइला चाल्दैछन् ।
तस्बिरमा देखिएका वृद्धवृद्धाको शून्यताले र स–साना बालबालिकाको काखमा टाँसिएर हेरिरहेको त्यो निरीह दृश्यले राज्य कतिसम्म कठोर हुन सक्छ भन्ने प्रश्न खडा गरेको छ । एउटा सामान्य ओतको लागि वर्षौँदेखि संघर्ष गरिरहेका यी मानिसहरू आज फेरि सडकमा आइपुगेका छन् । डोजरले घर त भत्कायो, तर ती मानिसहरूको मनमा पैदा भएको घाउ कहिले निको होला ?








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया