थापाथलीमा आँसु र अनिश्चितताको बिदाइ : धमाधम बस्ती खाली गरिँदै [तस्बिरहरू]

लोकपथ
119
Shares

काठमाडौं । सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न परिपत्र गरेसँगै थापाथलीस्थित सुकुम्वासीहरूले आफ्ना अमूल्य सामानहरू सार्न सुरु गरेका छन् । 

वर्षौँदेखि बसेको झुपडी, जोगाएर राखिएका साना–साना खुसीका पाटाहरू र नानीबाबुहरूको भविष्य सबै एउटै सानो झोलामा अटाउन खोज्दा त्यहाँको परिदृश्य अत्यन्तै हृदय विदारक देखिएको छ । 

कोही आफ्नो च्यातिएको ओछ्यान मिलाउँदै छन् भने कोही अब कहाँ जाने भनेर चिन्तामा छन् । उनीहरू भन्दैछन् की हामीलाई गरिब हुनुको सजाय दिइँदैछ कि अर्कै केही ? मानिसहरू हतार–हतार आफ्ना जस्तापाता, काठका फल्याक र किचनका भाँडाकुँडा ट्याक्टर र रिक्साहरूमा लोड गरिरहेका छन् । 

कतिपयले त आफ्नो घर आफैँले भत्काउन सुरु गरेका छन्, मानौँ उनीहरू आफ्नो पुरानो पहिचानलाई आफैँ मेट्न बाध्य छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?