सुकुमबासीले खाली गर्न थाले घर

लोकपथ
133
Shares

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै त्यहाँ बस्दै आएका सुकुमबासीहरुले ठाउँ छाड्ने तयारी गरेका छन् ।

बिहीबार साँझ प्रहरीले माइकिङ गरेर ठाउँ खाली गर्न भनेको थियो । शुक्रबार बिहानैबाट बागमती किनार, मनोहरा किनार लगायत क्षेत्रमा बस्दै आएका सुकुमबासीहरुले आफ्नो सामान प्याक गरिरहेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले शासकीय सुधारको १०० कार्यसूचीमा नै त्यसलाई समावेश गरेको थियो । सोही अनुसार प्रधानमन्त्री बालेनले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरी वैशाख १२ र १३ गते सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । सोही अनुसार सुरक्षा निकायले माइकिङ गरेर हटाउन भनेको हो ।

सरकारले शनिबार बिहान ६ बजेबाटै सुकुमबासीहरु बस्तीका घर संरचनाहरु हटाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?