शेखर गोल्छा पक्राउ

लोकपथ
168
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।

बिहीबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गोल्छालाई नक्सालबाट पक्राउ गरेको हो ।

नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई सीआईबीले नियन्त्रणमा लिएको हो ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयरमा इन्साइडर ट्रडिङ (भित्री कारोबार) गरेको विषयमा धितोपत्र बोर्ड आवश्यक अनुसन्धानका लागि सिफारिस सिफारिस गरेको थियो ।

त्यसो त सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका बिचौलिया दीपक भट्टसँग साँठगाँठ समेत देखिएको भन्दै उनी अनुसन्धानको राडारमा तानिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?