काठमाडौं । सरकारले अत्यधिक गर्मीले निम्त्याउने विपद् व्यवस्थापनसम्बन्धि कार्ययोजना, २०८३ को मस्यौदामाथि छलफल सुरु गरेको छ ।
बिहीबार राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको आह्वानमा सो कार्ययोजनाको मस्यौदामाथि सरोकारवाला निकायहरुसँग छलफल गरिएको हो ।
छलफलमा सो विपद् व्यवस्थापनका लागि स्थानीय सरकारसँगको सहकार्यमा जोड दिने नीतिलाई अवलम्वन गरेर अघि बढ्नुपर्ने सुझाव प्राप्त भएको सो प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए । उनले स्थानीय तहले त्यस्ता खालको विपद् व्यवस्थापनका लागि विद्यालय तहमा पठनपाठनको व्यवस्था गराउनुपर्नेमा पनि जोड दिइएको बताए ।
कार्यकारी प्रमुख भट्टले भने, ‘गर्मी बढि भएमा विद्यालयहरु नै बन्द गर्नुपर्यो, अन्य अवस्थामा पनि विपद् नहुने गरी स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न पाउने अधिकारको उपयोग हुने गरी कार्ययोजना तय गरिनुपर्दछ । स्काउटका साथीहरु पनि जोडिनुभएको छ । पहिला उहाँहरुको सहभागिता कम थियो । अब धेरै हुनेवाला छ । स्काउट सँगै विपद व्यवस्थापनमा करिव २ लाख भोलियन्टियर्स पनि थपिएका छन । त्यसले पनि विपद व्यवस्थापनमा तत्काल काम गर्न सहज हुन्छ ।’
कार्ययोजनामा विपद व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने कुरामा जोड दिनुपर्नेमा पनि सहभागीहरुले जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया