बाँकेमा अवैध लागूऔषध खैरो हेरोइन र हतियारसहित एक युवक पक्राउ

लोकपथ
147
Shares

काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन र हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बाँकेको खजुरा गाउँपालिका–५ बाट सोही स्थान बस्ने २६ वर्षीय अजिजुल रहमान खाँलाई पक्राउ गरेको हो ।

उनको साथबाट २७५ ग्राम खैरो हेरोइन, १ थान पेस्तोल, १ थान डिजिटल तराजु, दुई राउण्ड गोली र १३ थान विभिन्न बैंकका चेक समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले २ थान गाडी, ३ थान मोटरसाइकल र सुनका गरगहनाहरु समेत बरामद गरेको छ ।

उनलाई थप अनुसन्धानमा लागि जिल्ला प्रहरी कार्यलय बाँकेमा राखी लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?