खप्तड छेडेदह-६ का वडाध्यक्ष विष्टको निधन

लोकपथ
84
Shares

काठमाडौं । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ ।

५० वर्षको उमेरमा उनको गए राति निधन भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए ।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?