काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका बिचौलिया दिपक भट्ट र शंकर ग्रुपका मालिक सुभल अग्रवालमाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तिलककुमार कार्कीको इजलासले भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न म्याद थप गरेको हो ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि गत चैत २२ गते प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो । यता बिचौलिया दिपक भट्टलाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा गत चैत १९ गते प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
बुधबार न्यायाधीश कार्कीको इजलासमा भट्ट र अग्रवालका तर्फबाट वरिष्ठ अधिवक्ताहरु कुष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो र अधिवक्ताहरु रमणकुमार कर्ण, समिरकुमार शर्मा र भावेश गौतमले बहस गरेका थिए ।
दुवैमाथि ३० दिन हिरासतमा राखी अनुसन्धान गर्न माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया