काठमाडौं । चलचित्र ‘परालको आगो’को अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुला भएको हो ।
सोमबारदेखि नै केही हलले अग्रिम बुकिङ खुला गरेका थिए । निर्माणपक्षले देशभरमा यो चलचित्रले एक सयभन्दा बढी शो पाएको बताएको छ । अझै शो बढ्ने निर्माणपक्षको विश्वास छ ।
गुरुप्रसाद मैनालीको कथाकृति ‘परालको आगो’बाट प्रेरित यस चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपूत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारीलगायत कलाकारको अभिनय छ ।
सुशील पोखरेलको लगानी रहेको चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया