प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री सुधन

लोकपथ
98
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा उनी संलग्न रहेको कम्पनीमा शेयर रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ चौतर्फी आलोचनामा परेका छन् ।

उक्त विषयले राजनीतिक तथा सार्वजनिक वृत्तमा चर्चा चुलिँदै गएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गुरुङ प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

यसैबीच, गुरुङको भूमिकामाथि प्रश्न उठाउँदै विभिन्न पक्षबाट उनीमाथि नैतिक आधारमा राजीनामाको मागसमेत बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?