नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर–५ भैरमपुरमा आगलागीहुँदा १२ घर जलेर नष्ट भएका छन् । घटनाबाट ४ करोड ४४ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागीबाट सबै घर पूर्ण रूपमा खरानी भएका छन् । घरभित्र रहेका जिन्सी सामान तथा नगदसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् ।
यसैबीच, प्रतिनिधिसभा सदस्य विक्रम खनालले पीडितलाई राहत उपलब्ध गराउन आफू सक्रिय रूपमा लागिरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया