कपुरको नेपाल भ्रमण सम्पन्न, आज अमेरिका फर्किँदै

लोकपथ
77
Shares

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस.पावल कपुरको नेपाल भ्रमण सम्पन्न भएको छ । उनी आज अमेरिका फर्किएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा कपुरले नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा उच्चस्तरीय राजनीतिक तथा आर्थिक छलफल गरेका थिए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध विस्तार, व्यापार तथा लगानीको अवसर, र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको बताइएको छ ।

साथै, आगामी अमेरिकी लगानी सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसँग समेत उनले सम्भावित अमेरिकी लगानीका क्षेत्रबारे विचार–विमर्श गरेका थिए ।

दूतावासका अनुसार कपुरले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको प्रविधि क्षेत्र र निजी क्षेत्रसँगको सहकार्यका सम्भावनाबारे पनि सरोकारवालासँग छलफल गरेका थिए ।

भ्रमणका क्रममा उनले काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू बौद्धनाथ स्तूप र पाटन दरबार स्क्वायरको अवलोकनसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?