जेनजी आन्दोलनमा फरार कर्तव्य ज्यान मुद्दाका कैदी झ्याप्ले कमल पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । भदौ २४ को जेनजी आन्दोलनका क्रममा केन्द्रीय कायारागरबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धादिङ घर भइ हाल काठमाडौंको मनमैज्यूमा बस्दै आएका ३८ वर्षीय झ्याप्ले कमल भनिने कमल न्यौपानेलाई पक्राउ गरेको हो ।

उनलाई कर्तव्य ज्यान मुद्दामा १० वर्षको कैद सजाय सुनाइएको थियो ।

अदालतको आदेशपछि दोषी ठहर भइ १० वर्षको कैदा सजाय सुनाइएका न्यौपाने केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा रहेका थिए । भदौ २४ को जेनजी आन्दोलनका क्रममा उनी फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पक्राउ गरी केन्द्रीय कारागार पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?