जेनजी आन्दोलनमा फरार लागूऔषध मुद्दाका प्रतिवादी पक्राउ

लोकपथ
56
Shares

काठमाडौं । भदौ २४ को जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङ रहेका छन् । उनी लागू औषध मुद्दामा कारागार कार्यालय कास्कीमा पुर्पक्षका लागि थुनामा रहेका थिए । गत वर्षको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी जेलबाट फरार भएका थिए ।

फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले सोमबार पोखरा–६ दिपीपाटन क्षेत्रबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?