सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

लोकपथ
98
Shares

काठमाडौं । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री सुधन गुरुङमाथि प्रश्न उठेपछि प्रधानमन्त्री बालेनले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

केहीबेरअघि सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री गुरुङ समेत मन्त्रिपरिषद् बैठकमा पुगेका छन् ।

बिचौलिया दिपक भट्ट लगायत विवादास्पद व्यक्तिहरुसँग गुरुङको साँठगाँठ रहेको, उनीहरुले नै लगानी गरेको कम्पनीको शेयर खरिद गरेको लगायतका कुरा बाहिरिएपछि अहिले गृहमन्त्री गुरुङ आलोचित छन् । उनको राजीनामा समेत माग गर्न थालिएपछि बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?