काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
बैठक आज दिउँसो साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो ।
मन्त्रिपरिषद् बैठक बोलाइएको समयमै गृहमन्त्री सुधन गुरुङसँग जोडिएको पछिल्लो विवादले राजनीतिक वृत्तमा चासो बढाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सन्दर्भमा चर्चामा रहेका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङविरुद्ध आलोचना र बर्खास्तीको माग तीव्र भएको छ ।
त्यसैगरी, भट्ट तथा शंकर समूहसँग सम्बन्धित लगानी रहेको भनिएका स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा गृहमन्त्री गुरुङको लगानी रहेको कागजात सार्वजनिक भएको दाबी पनि गरिएको छ ।
यसैबीच, गत २९ चैतमा सार्वजनिक भएको सम्पत्ति विवरणमा ती कम्पनीमा भएको लगानी उल्लेख नभएको भन्दै थप प्रश्न उठाइएको छ । साथै, जेनजी आन्दोलनपछि र मन्त्री बन्नुअघि समेत धितोपत्र दोस्रो बजारमार्फत सेयर खरिद गरेको विवरणबारे पनि पारदर्शितामाथि प्रश्न उठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया