प्रधानमन्त्री बालेनले गरे अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत छलफल हुने बताइएको छ ।

गत चैत १३ गते प्रधानमन्त्री बनेका बालेनले विभिन्न पक्षहरुसँग छलफललाई जारी राखेका छन् । यसअघि बालेनले सबै सांसदहरु, मुख्यमन्त्रीहरु लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग समेत छलफल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?