उदयपुरमा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । उदयपुरमा जन्ती बोकेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा २७ वर्षीय रोमन बस्नेत रहेका छन् ।

चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई गएराति ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बस्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?