कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति तोकियो

सर्वसम्मत दलको नेता चयन गर्ने सम्भावना टर्‍यो

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांगेसले संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति तोकेको छ । कांग्रेसले आगामी वैशाख ११ गते शुक्रबारका लागि निर्वाचनको मिति तोकिएको हो ।

कांग्रेसले सहमहामन्त्री प्रकाश रसाईली स्नेहीलाई संयोजक तोकेको थियो । कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत बनाउने निरन्तर प्रयास जारी रहे पनि सम्भावना नदेखिएपछि निर्वाचन नै हुन लागेको हो ।

जसअनुसार वैशाख ९ गते बुधबारबाट प्रक्रिया सुरु हुनेछ भने शुक्रबार अपरान्ह ४ देखि ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

हाल कांग्रेस प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको छ । निर्वाचन कार्यक्रम सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?