काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरुसँगको सामूहिक छलफल सुरु गरेको छ । संघीय संसद्मा पहिलो पटक सहभागी भएको सो पार्टीले आज ललितपुरमा छलफल सुरु गरेको हो ।
छलफलमा डा.सुन्दरमणि दीक्षित, डा.राजाराम सुवेदी, प्रो.डा. राजकुमार पोखरेल,डा.टिकाराम गौतम, डा.केशवमान शाक्य, डा.लाल रापचा, डा. विजयप्रसाद मिश्रसहित पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईसहित पार्टीका नेताहरू सहभागी भएका छन् ।
श्रम संस्कृति र प्रविधिको समान उपयोग गरेर अघि बढ्ने संकल्प लिइएको भनिएको सो पार्टीले पार्टीले आगामी दिनमा खेल्ने भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरुसँगको छलफल सुरु गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया