१२ सयले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
91
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन  २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँले  बढेर  ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो । अघिल्लो दिन  ५ हजार १३० रुपैयाँमा कारोबार  भएको चाँदी  आज ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?