बीपी राजमार्ग अवरुद्ध : रोशी खोलाको बाढीले बगायो डाइभर्सन , सवारी सञ्चालनमा रोक

लोकपथ
266
Shares

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकखण्डका विभिन्न स्थानका डाइभर्सन बगाएपछि यातायात सञ्चालन बन्द भएको हो ।

शनिबार राति रोशी खोलामा आएको अचानक बाढीले कटुन्जेदेखि मंगलटार खण्डअन्तर्गत घुमाउने लगायतका स्थानमा रहेका डाइभर्सनहरू बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडक मर्मतपछि मात्रै यातायात पुनः सञ्चालनमा आउने भएकाले केही समय लाग्नेछ। हालको अवस्थालाई ध्यानमा राख्दै यात्रुहरूलाई सडकको जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ ।

‘बीपी राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डका विभिन्न डाइभर्सन बगाएका कारण तत्काल आवागमन सम्भव छैन। मर्मतपछि मात्रै सवारी सञ्चालन हुनेछ, त्यसैले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोस्,‘ प्रहरीको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?