एमालेको प्राथमिकता पुनर्गठन हो, एकताको बहस होइन : विष्णु पौडेल

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हालै सम्पन्न निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा वामपन्थी एकताको असान्दर्भिक बहस अघि सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लागि अहिलेको मुख्य कार्यसूची पार्टी पुनर्गठन रहेको स्पष्ट पारे ।

उनले निर्वाचनपछि पार्टीभित्र र बाहिर उठाइएको वाम एकताको बहसप्रति प्रश्न उठाउँदै यस्तो चर्चा पर्दाभित्रबाट कसले र किन चलाइरहेको हो भन्ने जिज्ञासा व्यक्त गरेका छन् ।

पौडेलले लेखेका छन्, ‘निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो। यस यथार्थबाट ध्यान मोड्ने गरी वामपन्थी एकताको असान्दर्भिक चर्चा किन र कसले चलाइरहेका छन् ?’

२१ फागुनमा सम्पन्न निर्वाचनपछि एमालेभित्र निराशा बढेको सन्दर्भमा केही नेताहरूले वाम ध्रुवीकरण वा एकताको आवश्यकता औँल्याउँदै आएका छन् । तर पौडेलले भने अहिले एकताको बहसभन्दा पनि हारको वस्तुनिष्ठ समीक्षा गर्दै संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?