इन्धन मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वृद्धि भएको इन्धनको मुल्य फिर्ता माग गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंले मुल्य वृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक प्रसाईंले एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी दिए । उनले महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन हुने जानकारी दिए ।

उनले विद्यार्थी संगठन खारेज गर्ने आँट नगर्न सरकारलाई चेतावनी समेत दिए । उनले भने, ‘विद्यार्थी संगठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन चाहिने रहेछ,’ ।

विगतमा दुई रुपैयाँ मूल्यवृद्धि हुँदासमेत आन्दोलन भएको स्मरण गर्दै उनले आज एक सय रुपैयाँ बढ्दासमेत कुनै विद्यार्थी संगठन नबोलेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?