गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका निम्ति आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।
यहाँ यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । निगमको आन्तरिक उडानतर्फ रहेका ट्विनअटर विमानको मर्मतसम्भारसँगै उडान तालिका थप गरिएको रेसुंगा विमानस्थल स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । निगमको उडान तालिका थप र भाडादर समेत वृद्धि भएको उनले बताए ।
नयाँ लागु गरिएको भाडादर अनुसार, काठमाडौंबाट रेसुंगाका निम्ति प्रतियात्री १० हजार ९०२ रुपैयाँ तोकिएको छ । रेसुंगाबाट काठमाडौंका निम्ति १० हजार ७०२ रुपैयाँ निर्धारण गरिएकोे उनले जानकारी दिए ।
निगमले यसअघि काठमाडौंबाट रेसुंगाका निम्ति सात हजार ५०० रुपैयाँ भाडा लिँदै आएको थियो । गुल्मीबाट काठमाडौंका निम्ति सात हजार ३०० रुपैयाँ भाडा लिने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया