‘गाँजाको तेल’सहित त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ

लोकपथ
287
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गाँजाभाङको तेलजस्तो देखिने तरल पदार्थसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार एअर इण्डियाको उडान नम्बर एआई–२१८ मार्फत काठमाडौंबाट दिल्ली जान लागेका उनलाई चेकिङका क्रममा नियन्त्रणमा लिइएको हो ।

लगेज स्क्रिनिङ गर्दा शंकास्पद देखिएपछि खोलेर जाँच गर्दा गाँजारभाङको जस्तो देखिने तेल रहेको एक दशमलव २५ लिटरका पाँच वटा बोतल फेला परेको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीसहित पक्राउ परेका पेट्रोभलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोको टोलीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?