भारतको सहयोगमा बागलुङको भिमगिठेमा स्वास्थ्य चौकी बन्दै

लोकपथ
0
Shares

काठमाडौं । छिमेकी देश भारत सरकारको सहयोगमा बागलुङको भिमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास भएको छ ।

बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकीको निर्माणका लागि बिहीबार बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

भारत सरकारको आर्थिक सहयोग करिब २ करोड ५ लाखमा उक्त स्वास्थ्य चौकीको निर्माण हुन लागेको हो । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना बागलुङको बडिगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

शिलान्यास समारोहमा बडिगाड गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे र नयाँ संरचनाले बडिगाड गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?