काठमाडौं । हालै गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे आलोचना भएपछि स्पष्ट पारेका छन् ।
सामाजिक अभियान चलाइरहेका गुरुङले सुनसहित जग्गा जमिनका विषयमा प्रश्न उठेपछि त्यसबारे गृहमन्त्री गुरुङले स्पष्ट पारेका हुन् ।
उनले देखाइएको सम्पत्ति आफ्नो हजुरबुबाको अंशबण्डा नहुँदैको सम्पत्ति रहेको समेत बताएका छन् ।
बिहीबार रास्वपा संसदीय दलको बैठकमा सहभागि भएर बाहिरिने क्रममा संघीय संसद सचिवालयको प्रांगणमा सञ्चारर्कीहरुसँग त्यसबारे बताएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
‘गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयलाई लिएर आएको प्रश्नको जवाफ दिनुभएको छ। संघीय संसद सचिवालयको प्राङ्गणमा उहाँले सञ्चारकर्मीहरुलाई जवाफ दिँदै अहिले आएको विवरण अनुसार उक्त सम्पत्ति आफ्नो हजुरबुवाको अंशबण्डा नहुँदैको रहेको र सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन सन्चारकर्मीहरुलाई अनुरोध गर्नुभयो,’ गृहमन्त्रीको सचिवालयले भनेको छ ।
केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै त्यसबारे प्रश्न उठाइएको थियो ।
‘दुई जना दाजुभाईको अंशबण्डा नै भएको छैन के मेरो बाहरुको । अनि अंशबण्डा नै नभएको कुरा कसरी खुलाउने ? त्यो त जे हो त्यही भन्नुपर्यो नि ! ढाँटेर हुँन्छ र ?,’ संसद सचिवालयबाट बाहिरिँदै गृहमन्त्री गुरुङले भनेका छन् ।
यो पनि
गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, कति छ सम्पत्ति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया