कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

लोकपथ
14
Shares

धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

बुधबार राति लम्कीचुहा नगरपालिका–५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ६ वर्षीया डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति करिब पौने ९ बजे घर नजिकै सडकमा खेलिरहेकी अवस्थामा उनलाई ट्याक्टरले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ का ३७ वर्षीय रामबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?