पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

लोकपथ
49
Shares

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ । तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको देखिएको छ। कोशी प्रदेशका पहाडी इलाकाका सीमित ठाउँमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज बिहीबारको मौसमको कुरा गर्दा कोशी प्रदेशको पहाडी भू–भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने देखिन्छ । अन्य प्रदेशका पहाडी र हिमाली भागमा भने आंशिक बादल लाग्नेछ। तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम सफा रहने सम्भावना छ ।

महाशाखाले कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरेको छ । यस्तै, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ ।

तराईमा मौसम स्थिर रहे पनि पहाडी र हिमाली भेगमा भने केही समय बदली र हल्का वर्षाको क्रम जारी रहने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?