काठमाडौं । २२५ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने २० वर्षीय विशेष माझी सहित २ जनालाई रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सोही ठाउँको पटवारीबाट उनीहरूलाई गाँजासहित मंगलबार राति पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.३० प ९४७५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धिमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया