पूर्णबहादुरले फेरि कार्यवाहक सभापति लेखेपछि कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

लोकपथ
693
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । पार्टीभित्र पछिल्ला घटनाक्रम र नेतृत्वस्तरका विवादबारे छलफल गर्न बैठक बोलाइएको हो ।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि उत्पन्न विवादलाई लिएर समितिको बैठक बस्न लागेको हो ।

समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा खड्कामाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल हुने सम्भावना छ ।

यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणसँग सम्बन्धित विषयमा खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले उनलाई सचेत गराउने निर्णय गरेको थियो ।

चैत १८ गते बसेको समितिको बैठकले लेटरहेडको दुरुपयोग दोहोरिएमा पार्टी विधान २०१७ ९संशोधनसहित० र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

यसैबीच, आजै दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ । सो बैठक पूर्वनिर्धारित कार्यक्रमअनुसार बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?